चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु निर्वाचित

पाेखरा | माघ २९, २०७९

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु निर्वाचित

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा  प्रभु अधिकारी निर्वाचित भएका छन् । 


संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वचित गरेको हो ।


त्यस्तै संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर तिवारी र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ निर्वाचित भए। 


यसैगरी संघको कार्यसमिति सदस्यमा सुरेश सुनार, विनिता सुनार, एलीजा क्षेत्री, राकेश गुरुङ, सुदिप पौडेल, सिद्धार्थ गौतम, प्रेम थापा र गौरव त्रिपाठी रहेका छन् । 


संघको केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र सुशान्त घिमिरे चयन भएका हुन् ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्